झापा-२ मा पूर्वसभामुख र उपसभामुखले गरे उम्मेदवारी दर्ता

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १३:५१
Image of https://mayorsap.com/storage/photos/shares/photo_69.jpg

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । अर्जुनधारा नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर दुवै नेताले आ–आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

पूर्वसभामुख घिमिरेले नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए । उनको प्रस्तावकमा चिन्तन पाठक र समर्थकमा एकराज कार्की रहेका छन् ।

यस्तै, पूर्वउपसभामुख राना मगरले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सोही क्षेत्रमा उम्मेदवारी दिएकी हुन् । संसद्को नेतृत्व गरिसकेका दुई हस्ती एकै क्षेत्रबाट चुनावी मैदानमा उत्रिएपछि झापा–२ को प्रतिस्पर्धालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।


Facebook Comments