सिरहा–४ मा चार पूर्वमन्त्री भिड्दै, यादवले गरे उम्मेदवारी दर्ता
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १४:३५
सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्वमन्त्रीहरूको भिडन्त रोचक हुने देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री राजकिशोर यादवले मिर्चैयास्थित निर्वाचन कार्यालय पुगेर आज आफ्नो मनोनयन दर्ता गराएका छन् ।
यो क्षेत्रबाट यादवबाहेक अन्य तीन पूर्वमन्त्रीहरू पनि चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पूर्व कानुनमन्त्री अजय शंकर नायक, जनमत पार्टीबाट पूर्वमन्त्री वीरेन्द्र महतो र बहुजन समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्रीले पनि मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर तपेश्वर यादवले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । चार–चार जना पूर्वमन्त्रीहरू एउटै क्षेत्रमा आमनेसामने भएपछि सिरहा–४ को चुनावी प्रतिस्पर्धालाई पनि चासोका साथ हेरिएको छ ।
Facebook Comments