झापा–५ बाट ओलीले गरे उम्मेदवारी दर्ता
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १४:४८
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार झापास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।
लामो समयदेखि यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका ओलीले आफ्नो गढ मानिने झापा–५ लाई नै पुनः रोजेका हुन् ।
उम्मेदवारी दर्ताका क्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । आफ्नै निर्वाचन क्षेत्रमा बलियो पकड राखेका ओलीको उम्मेदवारीसँगै झापामा चुनावी सरगर्मी निकै बढेको छ ।
Facebook Comments