प्रचण्डद्वारा रुकुम पूर्वबाट उम्मेदवारी दर्ता
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १५:०४
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुकुम पूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि जारी सन्देशमा प्रचण्डले देशभरबाट ’तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका आफ्ना पार्टीका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरे ।
उनले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्प पूरा गर्न सम्पूर्ण नेपालीहरूलाई ’तारा’ चिह्नमा मतदान गर्न आग्रह समेत गरेका छन् ।
यसअघि गोरखाबाट निर्वाचित एका प्रचण्ड यसपटक रुकुम पूर्व पुगेपछि सो क्षेत्रको राजनीतिक माहोल निकै तातिएको छ ।
Facebook Comments