कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदै
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १४:४७
सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन आगामी माघ १८ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार माघ १८ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने गरी सिफारिस गरिएको हो ।
यसअघि प्रदेशसभाको छैटौँ अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो। झन्डै ६ महिनापछि बस्न लागेको यो अधिवेशनमा विभिन्न नयाँ विधेयक र प्रदेशका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
Facebook Comments