मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवकको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १६:०१
Image of https://mayorsap.com/storage/photos/shares/accident1.jpg

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ पथराटोलमा आज बिहान दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना चालकको मृत्यु भएको छ ।

गौर–पिपरा भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा परी दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार, गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० नम्बरको भारतीय मोटरसाइकल एक–अर्कासँग ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा दुर्गाभगवती गाउँपालिका–२ का ३० वर्षीय अशोक महतो र राजदेवी नगरपालिका–२ का २९ वर्षीय अरबिन्द महतो रहेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।


Facebook Comments