निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा अनिश्चित

User Image मेयरसाप डेस्क | २०८२ माघ १० गते १३:५९
Image of https://mayorsap.com/storage/photos/shares/photo-852e3f06.png

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा निर्वाचन अनिश्चित भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सुचना जारी गर्दै महासंघलाई तत्कालका लागि साधारण सभा तथा निर्वाचन स्थगित गर्न अनुरोध गरेपछि सभा अनिश्चित बनेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका कारण यतिबेला देशभर निर्वाचन आचारसहिंता लागु भएकाले आयोगले हालका लागि साधारण सभा स्थगित गर्न भनेको बताए । अब आयोगले अर्को सुचना जारी नगरेसम्मका लागि साधारण सभा स्थगित भएको उनले जानकारी दिए ।

आयोगले जारी गरेको सुचनामा माघ ४ गते राति १२ बजेदेखि अर्को सुचना प्रकाशन नभए सम्मका लागि निर्वाचन आचारसंहिता लागु भइसकेकाले सोहि बमोजिम साधारण सभा स्थगित गर्न अनुरोध गरेको उल्लेख छ ।

सुचनामा भनिएको छ, ‘महासंघको २६ औं साधारण सभा एवम् निवार्चन सम्बन्धमा विषयक पत्र प्राप्त भयो । यसमा आयोगको मिति २०८२/१०/०४ को निर्णयानुसार सोहि दिन राति १२ बजेदेखि आयोगबाट अर्को सुचना प्रकाशन नभए सम्मको लागि निर्वाचन आचार सहिंता, २०८२ लागु भइसकेको हुँदा आचारसहिंचा लागु रहने अवधिभर साधारण सभा गर्न नमिल्ने हुँदा सोहि बमोजिम साधारण सभा स्थगित गर्नु हुन निर्णयानुसार अनुरोध छ ।’

महासंघले गत पुस ८ गतेनै सुचना निकालेर माघ १५ देखि १७ गते सम्मका लागि काठमाडौंमा आफ्नो २६ औं साधारण सभा तथा निर्वाचन गर्ने कार्यतालिका सावर्जनिक गरेको थियो ।


Facebook Comments