पर्यटन क्षेत्र बुझेको मन्त्री नहुँदा सोचे अनुरुप प्रगति नभएको गुनासो

User Image मेयरसाप डेस्क | २०८२ माघ १० गते १४:२२
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-08e8f9f0_1.jpg

काठमाडौं । पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएपनि अहिलेसम्म पर्यटनलाई गहनगरी बुझ्ने मन्त्रीको नियुक्ति नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित तनहुँ पर्यटन प्रवद्र्धन समाजको ११ औँ वार्षिक साधारण सभालाई शुभकामना दिँदै उनले पर्यटन क्षेत्र महत्वपूर्ण अंग भनिएपनि अहिलेसम्म पर्यटन बुझेको पर्यटनमन्त्री नआएको बताएका हुन् ।

उनले भने, ‘सरकारी क्षेत्रबाट पर्यटन क्षेत्र महत्वपूर्ण अंग हो यसले देशको विकास गर्छ भनेर भनिराखेको छन् तर अहिलेसम्म पर्यटन बुझेको पर्यटनमन्त्री आउनु भएका छैनन् ।’

सापकोटाले पर्यटन मन्त्रालयमा बजेट छुट्याउँदा अरु मन्त्रालयको भन्दा धेरै थोरै अपुग मात्रामा छुट्याउने गरेको बताए ।

‘जो राजनीतिक नेताहरू पर्यटन मन्त्री बन्छन्, उहाँहरूले विज्ञको प्रयोग गर्नु हुँदैन । महत्वपूर्ण भनिन्छ, तर बजेट छुट्याउँदा त्यो हिसाबले छुट्याइएको हुँदैन । अहिले पनि पर्यटन मन्त्रालयको बजेट हेर्दा अरु मन्त्रालयको भन्दा धेरै थोरै छ,’ उनले भने ।

राज्यले पर्यटनलाई जनताको जीवनस्तर उकास्ने माध्यमका रूपमा प्रयोग गर्न नेतृत्वले बुझ्नुपर्ने उनले बताए ।

उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, प्रभावकारी प्रवद्र्धन, र कर प्रणाली (ट्याक्स र भ्याट) को सुधार आवश्यक रहेको पनि जोड दिए।

 


Facebook Comments