मलंगवामा दादुरा स,ङ्क्रमण फैलियो, ७ जना बिरामी फेला
विशेष खोप अभियान सञ्चालन गरिने
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते ०८:३२
सर्लाही । मलंगवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् ।
यहाँ दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलंगवावासीसँग अनुरोध गरेको छ ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलंगवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए । सो अभियानअन्तर्गत मलंगवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलंगवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ ।
Facebook Comments