लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा झाँक्री निर्वाचित
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १८:०२
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्री निर्वाचित भएकी छिन् । नेपाली कांग्रेस र नेकपा एमालेबीचको चुनावी गठबन्धनका कारण सहज जित निकालेकी झाँक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गरेकी हुन् ।
लुम्बिनीका तीनवटै सिटमा गठबन्धनका उम्मेदवारहरू फराकिलो मतान्तरले विजयी भएका छन् । निर्वाचन परिणामअनुसार महिलातर्फ झाँक्री निर्वाचित हुँदा अन्य विधामा पनि गठबन्धनकै उम्मेदवारहरू सफल भएका छन् ।
अपाङ्गता कोटातर्फ नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जङ्गली’ ५ हजार ३ सय २२ मतभारसहित निर्वाचित भएका छन्, भने अन्य कोटातर्फ कांग्रेसकै चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै विजयी भएका हुन् ।
Facebook Comments