पश्चिम पुगे रास्वपा नेता बालेन शाह, नेपालगञ्जमा भव्य स्वागत

चुनावी अभियानमा सक्रियता

User Image मेयरसाप डेस्क | २०८२ माघ १२ गते १५:५५
Image of https://mayorsap.com/storage/photos/shares/balen-nepalgunja.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको सिलसिलामा सोमबार बाँकेको नेपालगञ्ज पुगेका छन् । 

झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएर पूर्वी पहाडका विभिन्न जिल्लाहरूको भ्रमण सकेर शनिबार मात्र काठमाडौँ फर्किएका शाह आज सुदूरपश्चिम प्रस्थान गर्ने क्रममा नेपालगञ्ज पुगेका हुन् ।

काठमाडौँको महानगरप्रमुखबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका शाहलाई नेपालगञ्ज विमानस्थलमा समर्थकहरूको उल्लेख्य भीडले स्वागत गरेको छ ।

उनी बाँके र बर्दिया लगायतका क्षेत्रमा पार्टीका उम्मेदवार तथा स्थानीय मतदाताहरूसँग भेटघाट गर्दै सुदूरपश्चिमका जिल्लाहरूमा पुग्ने कार्यतालिका रहेको छ ।

आइतबार दिनभर काठमाडौँमा उपत्यकाका उम्मेदवारहरूसँग रणनीतिक छलफल र राजनीतिक भेटघाटमा व्यस्त रहेका शाहले अबको केही दिन पश्चिम नेपालको चुनावी कमान्ड सम्हाल्ने बुझिएको छ ।

आफ्नो निर्वाचन क्षेत्र झापासँगै देशभरका रास्वपा उम्मेदवारहरूको पक्षमा माहोल बनाउन बालेन देश दौडाहामा निस्किएका हुन् ।


Facebook Comments