खैरो हिरोइनसहित नागढुङ्गाबाट एक जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ माघ १२ गते १६:४३
काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग र लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट सुनसरी, इटहरीका ३६ वर्षीय निरोज न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा न्यौपानेको साथबाट सात ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
Facebook Comments