रास्वपा नेता शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

User Image मेयरसाप डेस्क | २०८२ माघ १२ गते १६:५६
Image of https://mayorsap.com/storage/photos/shares/balen_2.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा ७६ जना बच्चाको हत्यारा र आतंकवादी जस्ता गम्भीर आरोप लगाएको भन्दै धर्मराज तिमिल्सिनाले उजुरी दर्ता गराएका हुन् ।

निवेदनमा बालेनको टिप्पणीले लोकतान्त्रिक बहसको मर्मविपरीत जनघृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने दाबी गरिएको छ ।

निवेदकले बालेनका अभिव्यक्तिलाई तथ्यहीन र आपराधिक आरोप भन्दै निर्वाचन आचारसंहिता अनुसार कारबाहीको माग गरेका छन् ।

साथै, सोही उजुरीमा रास्वपाले महोत्तरी लगायतका क्षेत्रमा चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको भिडियो प्रमाणसहित उल्लेख गर्दै सो कार्यमाथि पनि छानबिन गर्न आयोगको ध्यानाकर्षण गराइएको छ ।


Facebook Comments