३ अंकले घट्याे नेप्से, १६ अर्बमाथि कारोबार
मेयरसाप डेस्क
|
२०८२ माघ १२ गते १७:११
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ ।
अघिल्लो दिन उच्च अङ्कले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित (प्रफिट बुकिङ) गर्न खोज्दा नेप्से ३.०७ अङ्कले घटेर २७६९.०९ विन्दुमा थामिएको छ ।
परिसूचक घटे पनि बजारमा उत्साहजनक कारोबार भएको छ । सोमबार ३३२ कम्पनीको ३ करोड ६२ लाख कित्ता शेयर किनबेच हुँदा कुल १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार घटे पनि एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारका आधारमा हिमालयन पावर पार्टनर ६५ करोड ९३ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो ।
१३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक अन्य ९ वटा उपसमूहको सूचक राताम्मे भएका छन् ।
Facebook Comments