इभी गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ १२ गते १७:२०
Image of https://mayorsap.com/storage/photos/shares/accident_3.jpg

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको भे.६ प.३३२१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

प्रहरीले गाडी चालक वीरेन्द्रनगर–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


Facebook Comments