निर्वाचन आयोगलाई हर्क साम्पाङले के दिए जवाफ?
मेयरसाप डेस्क
|
२०८२ माघ १४ गते १८:०३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोपको खण्डन गर्दै निर्वाचन आयोगलाई लिखित जवाफ पठाएका छन् ।
बालबालिका प्रयोग गरेको उजुरीका आधारमा आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले कुनै पनि बालबालिकालाई नियतबस वा प्रलोभनमा पारेर प्रचारमा नलगाएको दाबी गरेका हुन् ।
साम्पाङले आयोगलाई पठाएको पत्रमा भनिएको छ, ‘मैले कुनै अभिभावकलाई निर्देशन दिएर वा बालबालिकालाई काम अह्राएर प्रचारमा लगाएको छैन ।’
उनले सामाजिक सञ्जालमा आएका भिडियोहरू प्रविधिको प्रयोग गरी आफूलाई बदनाम गराउन बदनियतपूर्वक फैलाइएको हुन सक्ने तर्क गर्दै आफू र आफ्नो पार्टीमाथि कारबाही नगर्न आग्रह गरे ।


Facebook Comments