भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १३:४७
Image of https://mayorsap.com/storage/photos/shares/accident_4.jpg

भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिकै आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । टिपरको ठक्करबाट स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा बागमती प्रदेश ०२–०२०प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । सोही क्रममा पछाडिबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका बिमलको भक्तपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले फरार टिपर चालक सिन्धुपाल्चोकका राजकुमार माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


Facebook Comments