मध्यपहाडी लोकमार्गमा भारी हिमपात : डोल्पा जाने यात्रुहरू अलपत्र
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १३:५६
डोल्पा । काठमाडौंबाट डोल्पाका लागि छुटेका दर्जनौँ यात्रुहरू भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्व–बागलुङ खण्डमा अलपत्र परेका छन् ।
बाक्लो हिउँ र अत्यधिक चिसोका कारण यात्रुहरूलाई खानपान र बसोबासको समस्या भएको छ भने कतिपयको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।
अलपत्र परेका यात्रु मुकुन्द पौडेलका अनुसार, सडकमा हिउँ जमेपछि सवारी साधन अघि बढ्न सकेका छैनन् ।
रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बुधबार नै हिउँ पन्छाएर यात्रुलाई बागलुङतर्फ पठाइएको भए पनि बाटो चिप्लो भएकाले पुनः समस्या देखिएको बताए ।
यता बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आज बिहानैदेखि हिउँ पन्छाएर सडक सुचारु गर्ने र यात्रुलाई गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको जानकारी दिए ।
Facebook Comments