गुल्मीमा तीन महिने शिशुलाई भुइँमा पछारेर ह*त्या
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १४:१२
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ छल्दीटारमा एक बाबुले आफ्नै तीन महिने शिशुको बीभत्स हत्या गरेका छन् ।
४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने छोरा सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार, मादक पदार्थ सेवन गरेका सन्तबहादुरको श्रीमतीसँग विवाद भएपछि रिसको झोकमा शिशुलाई पछारेका थिए ।
घटनाबारे जेठी छोरीले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेर आरोपी बाबुलाई नियन्त्रणमा लिएको छ । सन्तबहादुरले छोराको हत्या गरेको स्वीकार गरिसकेका छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
Facebook Comments