बिहान ठप्प भएका विमानस्थल मौसममा सुधार भएपछि सञ्चालनमा
अवरुद्ध हवाई उडान पुनः सुचारु
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १४:३०
काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आज बिहानैदेखि प्रभावित भएको हवाई उडान सेवा दिउँसोबाट सुचारु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार, मौसममा सुधार आएसँगै काठमाडौंलगायत विभिन्न विमानस्थलमा उडान र अवतरण सुरु भएको हो ।
बिहानको समयमा काठमाडौं, विराटनगर, राजविराज, नेपालगञ्ज र धनगढी लगायतका विमानस्थलमा उडान ठप्प भएको थियो ।
हाल भरतपुर, तुम्लिङटार र नेपालगञ्ज बाहेकका अन्य प्रमुख विमानस्थलहरूमा उडान सेवा सुचारु भइसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
उडान खुलेसँगै बिहानदेखि विमानस्थलमा रोकिएका यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका छन् ।
Facebook Comments