बेलायती प्रधानमन्त्रीको चीन भ्रमण : तनाव बिर्सेर सहकार्यमा जोड

किर स्टार्मरकाे आठ वर्षपछि बेइजिङ यात्रा

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १५:००
Image of https://mayorsap.com/storage/photos/shares/kir-si.jpg

एजेन्सी । बेलायत र चीनका नेताहरूले विश्वव्यापी अनिश्चितताका बीच आपसी सम्बन्धलाई थप गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् ।

आठ वर्षपछि बेइजिङ पुग्नुभएका बेलायती प्रधानमन्त्री किर स्टार्मर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ग्रेट हल अफ द पिपलमा भएको भेटमा जलवायु परिवर्तन, विश्वव्यापी स्थिरता र आर्थिक सहकार्यका विषयमा छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री स्टार्मरले जासुसी आरोप, युक्रेन युद्ध र हङकङ मुद्दाका कारण बिग्रिएको सम्बन्धलाई संवादमार्फत सुधार्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति सीले पनि जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति र स्थिरताका लागि वार्ता आवश्यक रहेको बताएका हुन् । 

५० भन्दा बढी शीर्ष व्यापारीहरूसहित चीन पुग्नुभएका स्टार्मरले बेलायतको आर्थिक वृद्धि र व्यापारिक अवसर विस्तारलाई प्राथमिकता दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार नीतिका कारण विश्व व्यवस्थामा आएको परिवर्तनका बीच यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Facebook Comments