अस्पतालले पाउने भुक्तानीको पुरानो खर्च मापदण्ड खारेज
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १५:१६
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक अस्पतालहरूका लागि तय गरिएको आठ वर्ष पुरानो खर्च मापदण्ड खारेज गरेको छ ।
२०७३ सालमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बनाएको प्रतिशतमा आधारित खर्च प्रणालीलाई बोर्डले पूर्ण रूपमा हटाएको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले माघ १३ गते परिपत्र गर्दै अबदेखि बीमावापत प्राप्त हुने रकम प्रचलित कानुन र नियमानुसार मात्र खर्च गर्न निर्देशन दिएका छन् ।
अस्पतालहरूले बीमाको रकम गुणस्तरीय उपचारमा लगाउनुको साटो प्रोत्साहन भत्ता र प्रशासनिक शीर्षकमा बढी खर्च गरेको गुनासो र आशङ्का बढेपछि बोर्डले यस्तो निर्णय गरेको हो ।
अबदेखि बीमाको रकम बोनस वितरणमा भन्दा औषधि, उपकरण र बिरामीको सेवामा केन्द्रित हुनुपर्ने बोर्डको भनाइ छ ।
Facebook Comments