१२ वर्षीया विद्यार्थीमाथि यौ*न दुर्व्यवहार, शिक्षक पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १५:३२
Image of https://mayorsap.com/storage/photos/shares/student-sex-herasmant.jpg

सिन्धुपाल्चोक । आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकका एक शिक्षक पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्कूल नजिकै रहेको आफ्नै स्टेसनरी पसलमा आएकी ७ कक्षामा अध्ययनरत १२ वर्षीया छात्रालाई दुव्र्यवहार गरेको आरोप गिरीमाथि लागेको छ ।

पीडित बालिकाले आफन्तलाई घटनाबारे बताएपछि आक्रोशित अभिभावकले विद्यालयमा दबाब सिर्जना गरेका थिए । 

आरोपित शिक्षकले ‘माया गरेर गाला मात्र छोएको’ भन्दै आरोप अस्वीकार गरे पनि अवस्था तनावग्रस्त बनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यका अनुसार, पीडित पक्षको जाहेरी दर्ता भई गिरीमाथि म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।


Facebook Comments