पूर्व उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिटी स्क्यान खरिदमा ७ करोड भ्रष्टाचार
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १५:४८
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सिटी स्क्यान मेसिन खरिद गर्दा ७ करोड ३१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिष्ठानका लागि १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्दा मिलेमतोमा ‘स्पेसिफिकेसन’ तयार गरिएको र गुणस्तरहीन मेसिन स्वीकार गरी भुक्तानी दिइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
मुद्दा दायर गरिएकाहरूमा तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, बायोमेडिकल इन्जिनियरहरू र हिमालयन मेडिटेक प्रा.लि.का सञ्चालक समेत रहेका छन् ।
अख्तियारले ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी पनि गरेको छ ।
हेर्नुहोस् यो प्रकरणको नालीबेली:–






Facebook Comments