मुक्तिनाथ सडक खुलाउन डोजर परिचालन
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १६:०६
मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडक खुलाउन कालीगण्डकी करिडोर सडक आयोजनाको डोजर परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा आज बिहानदेखि बाक्लो हिउँ पन्छाउने कार्य सुरु गरिएको हो ।
मङ्गलबारदेखि परेको हिउँका कारण सडक ठप्प हुँदा सयौँ दर्शनार्थीहरू बुधबारदेखि नै कागबेनीमा अलपत्र परेका छन् ।
सडक अवरुद्ध भएपछि केही दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन् भने मन्दिर क्षेत्र सुनसान बनेको छ ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, कागबेनीको पहिलो मोडदेखि रानीपौवा बसपार्कसम्म जमेको हिउँ साँझसम्म पन्छाएर यातायात सुचारु गर्ने लक्ष्य राखिएको छ ।
यसअघि सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाउने प्रयास गरे पनि लगातारको हिमपातले काम प्रभावित भएको थियो ।
Facebook Comments