रवि लामिछाने विरूद्धकाे मुद्दा फिर्ता गर्न अदालतद्वारा अस्वीकार

अन्तिम टुङ्गो नलागेसम्म अघि नबढाउन आदेश

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १६:२९
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane-5rvurnobpv.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता लिन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे अभियोग फिर्ता लिने निर्णय गरे पनि त्यसलाई कार्यान्वयन गर्न अदालतले अस्वीकार गरेको हो ।

न्यायाधीश श्यामलाल घिमिरेको इजलासले उक्त विषयसँग सम्बन्धित रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट अन्तिम टुङ्गो नलागेसम्म निवेदन अघि नबढाउन आदेश दिएको हो ।

सहकारी ठगीको मुद्दा यथावत् राखेर अन्य दुई मुद्दा फिर्ता लिन सरकारी वकिल कार्यालयले निवेदन दिएको थियो । तर, अदालतको यो आदेशसँगै लामिछानेमाथिको कानुनी जटिलता तत्कालका लागि टरेको छैन ।


Facebook Comments