देशभर अँध्यारो छ, उज्यालो छर्न म तयार छु : अध्यक्ष घिसिङ
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १६:५३
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका सबै क्षेत्रमा अहिले अन्धकार छाएको भन्दै त्यसलाई चिर्न आफ्नो पार्टीलाई जिताउनु पर्ने दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘हेरिटेज वाक’ तथा घरदैलो कार्यक्रमका क्रममा अध्यक्ष घिसिङले सो कुरा बताएका हुन् ।
अध्यक्ष घिसिङले भने, ‘अहिले बत्ती गएपछि सम्झिने नाम कुलमान भएको छ । देशको नेतृत्व सही व्यक्तिले गरे मात्र सबै ठाउँमा उज्यालो सम्भव छ ।’
घरदैलोका क्रममा जनताबाट निकै सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले आसन्न निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
देशलाई पूर्ण रूपमा उज्यालो बनाउने नेतृत्व गर्न आफू तयार रहेको र जनताले साथ दिनेमा आफू ढुक्क रहेको पनि उनको भनाइ छ ।
Facebook Comments