सिताराम गुरुङले छोडे नेकपा, एमाले उम्मेदवार अस्मितालाई सघाउने घोषणा
मेयरसाप डेस्क
|
२०८२ माघ २० गते १७:०६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले पदबाट राजीनामा दिएका छन् । नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।
गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई सघाउने भएका छन् ।
एमालेमा रहँदा रुम्जाटार गाविसका पूर्वअध्यक्ष समेत रहेका गुरुङ एमालेका अम्बिरबाबु समूहसँग कुरा नमिलेर नेकपामा प्रवेश गरेका थिए । अम्बिरबाबुले पनि एमाले छोडेर नेकपामा प्रवेश गर्नासाथ टिकट पाएपछि सितारामले फेरि नेकपा समेत छोडेको घोषणा गरेका छन् । जुन प्रवृतिविरुद्ध लड्न नसकेर एमाले छाडे उसैले टिकट पाएपछि आफू नेकपामा बस्न नसकेको सिताराम गुरुङको भनाइ छ ।
उनले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएर आजबाटै क्रियाशील भएको घोषणा समेत गरेका छन् । सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।
Facebook Comments