Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचन आयोगलाई काठमाडौं महानगरले फर्कायो जवाफ

'जेष्ठ नागरिक सेवा बजेटकै हिस्सा'

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १२:५१
Image of https://mayorsap.com/storage/photos/shares/ktm-metro.jpg

काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएपछि ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको काठमाडौं महानगरपालिकाले जवाफ पठाएको छ ।

महानगरले यो कार्यक्रम कुनै नयाँ योजना नभई चालु आर्थिक वर्षको स्वीकृत बजेट र नीतिभित्रै रहेको स्पष्ट पारेको हो ।

महानगरले आयोगलाई पठाएको पत्रमा आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रमको क्रमसंख्या ७७१ मा यो योजना समावेश रहेको उल्लेख छ । 

नगरसभाको १७ औँ अधिवेशनबाटै पारित भएको कार्यक्रम भएकाले यसले आचारसंहिताको उल्लंघन नगरेको महानगरको जिकिर छ ।

निर्वाचन आचारसंहिता २०८२ अनुसार वार्षिक बजेटमा स्वीकृत भएका बाहेक नयाँ नीति वा कार्यक्रम घोषणा गर्न रोक लगाइएको छ । तर, महानगरले यो कार्यक्रम पहिले नै तय भइसकेकाले कार्यान्वयनमा लैजान बाधा नपर्ने दाबी गरेको हो ।

आयोगले आचारसंहिता लागू भएपछि नयाँ सुविधा बाँडेको भन्दै महानगरसँग जवाफ माग गरेको थियो ।


Facebook Comments