Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्च नपन्छियोस् : महेश बस्नेत

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १३:१३
Image of https://mayorsap.com/storage/photos/shares/mahesh-basnet.jpg

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनस्र्थापनाको माग गर्दै दायर भएको रिटमाथि सर्वोच्च अदालतले तुरुन्तै फैसला दिनुपर्ने बताएका छन् ।

काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै नेता बस्नेतले न्यायिक प्रणालीमै विचलन आएको भन्दै अदालत आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने उल्लेख गरे ।

मुद्दाको पेसी पटक–पटक सरेकोप्रति आपत्ति जनाउँदै उनले प्रधानन्यायाधीशको भूमिकामाथि पनि प्रश्न उठाए ।

‘प्रधानन्यायाधीश पन्छिने प्रवृत्तिले न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ,’ उनले भने, ‘अदालतको यो अन्योलले गर्दा उम्मेदवारहरू ढुक्क भएर निर्वाचनमा जान पाएका छैनन् ।’

संसद् पुनस्र्थापना भए निर्वाचनका लागि भइरहेका सम्पूर्ण गतिविधि र अर्बौँको खर्च खेर जानेतर्फ सचेत गराउँदै बस्नेतले सर्वोच्चको अनिश्चितताले वैदेशिक हस्तक्षेपको आशङ्का समेत बढाएको दाबी गरे ।

चुनावको नाममा भएको खर्च र तयारीलाई जोगाउन पनि अदालतले चाँडो निकास दिनुपर्ने उनको माग छ ।


Facebook Comments