काठमाडौंमा श्रृंखलाबद्ध चोरी गर्नेलाई पक्राउ गर्न प्रहरीले चलायो गो'ली, ६५ तोला सुन बरामद
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते ०९:२१
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । विशेष सूचनाको आधारमा गएराति काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालमा प्रहरीले बाँके घर भएका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । चौधरीको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका प्रहरीले जनाएको छ । चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।
Facebook Comments