पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक
डा.बाबुराम भट्टराईका बुबा भोजप्रसाद भट्टराईको निधन
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १०:३७
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने छ । उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
स्वर्गीय भट्टराईका बाबुरामसहित २ छोरा र २ छोरी छन् ।
Facebook Comments