फेरि पक्राउ परे दुर्गा प्रसाईं

User Image मेयरसाप डेस्क | २०८२ माघ २३ गते १३:५५
Image of https://mayorsap.com/storage/photos/shares/durga.jpg

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईँलाई काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको हो ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

निर्वाचन आयोगविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रसाईँ यसअघि माग ५ गते पनि पोखराबाट पक्राउ परेका थिए । उनलाई परिसरले हाजिरी जमानिमा छोडिएको थियो । त्यसबेला प्रसाईँले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रसाईँ विभिन्न विवादमा पटक पटक पक्राउ पर्दै आएका छन् । 


Facebook Comments