चुुनावी मैदानमा नेताहरुको तमासाः शून्य एजेण्डा–फुल ड्रामा, संसद सर्कस बन्ने डर (भिडियोसहित)
अम्बिका खड्का
|
२०८२ फागुन १ गते १३:२५
संसद, सर्कस जस्तो बन्यो भने कस्तो देखिएला ? सोच्नै पर्दैन, चुुनावी मैदानमा ट्रेलर चलिसकेको छ । रोनाल्डोलाई २ अर्ब दिएर किलकिलेसम्म लाङटाङको पानी पिलाउनेदेखि आफैं धरधरी रुँदै जनता रुवाउनेसम्म, कुुखुुराको भालेलाई भोट मागेर फुुर्काउनेदेखि बालेन प्रधानमन्त्री नभए मर्दिन्छु् भनेर घुुर्काउनेसम्मका उम्मेदवार चुुनावी रेशमा छन् । अब यीनिहरुले चुनाव जितेर गए भने जनताको आवाज मुुखरित गर्छन गर्दैन् तर, निन्द्रा लागेर सायद कसैले हाइकाड्नुु पर्ने छैन ।
सांसद बन्न हुुटहुुटी भएका नेताहरु जनताको मन जित्न अनेकथरीका चटक देखाइरहेका छन् ।यो फण्डा नयाँ भने होइन् । अघिल्लो चुनावको निरन्तरता हो ।
उम्मेदवारहरु मतदाताको घरघर पुुगेर मोही पार्ने, दूूध दुुनेदेखि बारीमा धान काट्ने मकै गोड्नेसम्मका गतिविधि यसअघि पनि गरेका थिए । अहिले पनि जारी छ । जनता रिझाउन नेताहरुले यतिको गर्छन् भन्नेमा नेपालीहरु बानी परेकै थिए । तर यस पटकको निर्वाचनमा उम्मेदवारका चटकले उग्रै रुप लिए पछि मतदाता पनि तीन छक्क परेका छन् । अझ सामाजिक सञ्जालको प्रभावले भाइरलै भएका नेपालका उम्मेदवारको चटक देखेर मार्क जुुगबर्ग पनि ‘मैले यहि दिन देख्न फेसबुुक खोलेछु’ भन्ने सोच्दै होलान् ।उम्मेदवारहरु कतै हाँसोका पात्र बनेका छन् भने कतै अस्वभाविक र अपरिपक्क देखिएका छन् । चुुनावी रंगमञ्चका चटके नेताहरु को–को छन् रु आउनुुस् एक–एक गरी चर्चा गरौं ।
ऋषि धमला– आम जनता पार्टी
टेलिभिजन कार्यक्रम धमलाको हमलामा नेतालाई प्रश्नको वर्षा गरेर पसिनाको बाढी छुटाउने ऋषि धमला अहिले मधेशमा तहल्का मच्चाइरहेका छन् । क्यामेराको फ्रेम छोडेर, संसदको गेममा छिर्न खोजेका धमला । आम जनता पार्टीबाट रौतहट–४ मा उम्मेदवारको रुपमा उभिएका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै चुुनावी अभियान सुुरु गरेका धमलाले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् ।
मिठाइ पसलमा जेरी जेल्नेदेखि उखुुको भारी हाल्नेसम्म गरेका धमला सिकर्मी भएर आरा रेट्नेदेखी चपटपटे बेच्ने झिल्के चरित्रमा प्रस्तुत भइसकेका छन् । सुुटेट बुुटेट धमला घरीघरी मतदाताको अनुुहार हेरेर बेहुुली अन्माएको बाउ जस्तो रुन्चे अनुहार लगाउछन् । सँधै चिनिरहेकै जस्तो मतदातालाई गल्र्याम्मै अंगालो हाल्दै, च्याप्प हात समाउँदै भावुक मु्द्रामा प्रस्तुुत हुुन्छन् ।
जोडी त भगवानले मिलाएरै पठाएको हुुन्छन् भन्थे । धमलाको जोडी हेर्दा कसरी होइन भन्नु ? धमलासँगै भोट माग्दै हिँडेकी उनकी श्रीमती एलिजा गौतम पनि बस्ती बस्तीमा ट्याक्स फ्रि को फण्डा गरि हिडेकी छिन् । हुुँदा हुुँदा उनले हरेक घरमा छोरीको विवाह हुुँदा २५ हजार रुपैयाँ सहयोग गराउने सम्म भन्न भ्याइन् ।
अच्युतम लामिछाने– रास्वपा
मतदाताको घरदैलोमा पुग्दा लम्पसार परेर धनुषटंकार नमस्कार गर्ने लामिछाने फेरि एकाएक भाइरल भएका छन् । रोनाल्डोलाई लाङटाङको पानी खुुवाउनले यीनको एजेण्डाले यति बेला चुनावी चर्चामा रमाइलो रस थपिदिएको छ । महाकवी लक्ष्मी प्रसाद देवकोटाको ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ भन्ने कवितालाई रवि लामिछानेका चेला अच्युुतम लामिछानेले सायद सिरियसली लिएछन् ।
नुवाकोट–२ मा रास्वपाबाट उमेदवार रहेका लामिछानेले नुुवाकोटेलाई थाङ्नामै सुुताउने गफ दिए । लाङटाङको पानी रोनाल्डोलाई खुुवाएर पानीको पर्चार गर्न लगाउँछन् रे । सकेसम्म हामी गरिब छौं भनेर फकाएर फ्रिमा खुुवाउने नसकेपनि २ अर्ब दिएर भए पनि लाङटाङको पानीको पर्चार रोनाल्डोबाटै गराउने उनको एजेण्डा सुुनेको भए रोनाल्डो पनि हाँसेर मुर्छा पर्ने थिए ।
आशिका तामाङ–रास्वपा
सामाजिक अभियान्ताका रुपमा चर्चित आशिका तामाङ रास्वपा प्रवेश गरेर धादिङ १ मा टिकट पाएसँगै चुुनावी अभियानमा छिन् । उनको चुुनावी प्रचार पनि हेर्न लायक नै छ । कहिले घण्टी बजाउँदै, गीत गाउँदै कालीको रुप देखाइरहेको देखिन्छ भने कहिले मतदाताले प्रश्न गर्दा रिसले आक्रोशित भएको अवस्थामा भेटिन्छिन् । मतदाताको प्रश्न सामना गर्न नसक्दा आफूू राजनीतिमा नयाँ भएको भनेर पन्छिने तामाङ समर्थकले फुर्काउँदा फुुरुङ्ग पनि हुुन्छिन् । उनले कुुखुुराको भालेसँग भोट मागेको भिडियो भने सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।
महाविर पुुन, स्वतन्त्र
‘किताब बेच्दै गरेको मान्छेलाई समातेर मन्त्री बनाए’ भन्दै अन्तरिम सरकारमा शिक्षा मन्त्रीको पदभार ग्रहण गरेका महाविर पुुन अहिले म्याग्दीबाट उम्मेदवार उठेका छन् । केही महिना मन्त्री भएपछि राजनीतिको स्वाद पसेर सांसद बन्ने होडमा पुुन म्याग्दीमा स्वतन्त्राबाट उमेदवार बनेका छन् । उनको चुुनावी अभियान पनि निकै रोचक छ । सीधा र ठट्यौली पारामा बोल्ने उनको आफ्नै पाराले धेरेको ध्यान खिचेको छ । उनी ठूलो भीड जम्मा गर्दैनन् ।कहिले दुुई चार जना, कहिले एउटा समूह बनेपछि, उस्तै परे मान्छे नदेखे पनि डाँडाबाट बरबराउँछन्, ‘ल है महाविर पुुन आयो, चिन्नुु भएकै होला । म मन पर्छ भने भोट दिनुु । मनपर्दैन फटाहा हो जस्तो लाग्छ भने नदिनुु, अर्को फटाहालाई दिनुु’ भन्दै एक्लै बर्बराउँछन् ।
अमरेश सिंह
स्वतन्त्रबाट रास्वपामा प्रवेश गरेर सर्लाही ४ मा गगन थापासँग प्रतिस्पर्धामा रहेका अमरेश सिंहको चटक फेरि कसैको भन्दा कम छैन । कुुनै दिन बालेनलाई काठमाडौंबाट लखेट्नुुपर्छ भन्दै चिच्याउने सिंहले रास्वपा प्रवेश गरेर टिकट लिएसँगै भन्न भ्याए ‘बालेन प्रधानमन्त्री नभए आत्महत्या गर्छुु’ ।
बालेनका लागि ज्यान दाउमा लगाएका सिंहले गगनथापाका विरुद्ध पनि ज्यानको बाजी थापे ।गगन थापासँग चुुनाव हारे ज्यान फाल्छुु भन्नसम्म भ्याए ।
हुुन त यीनको चटके स्वभाव पहिले देखिनै हो । सांसद हुुँदा संसदमै अर्थनग्न भएर अस्वभाविक रुपमा प्रस्तुत भएका सिंहले रास्वपामा प्रवेश गरेपछि नयाँ भर्जन बजारमा ल्याएका छन् । सायद अब जनताले रमाइलो नै मानेर हेनूूृपर्ने त होला ।
भिडियो
Facebook Comments