Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छः महामन्त्री पौडेल

User Image मेयरसाप डेस्क | २०८२ फागुन १ गते १४:५५
Image of https://mayorsap.com/storage/photos/shares/photo-ffcd56e6.png

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए ।

उनले भने, ‘हाम्रो राजनीतिमा अहिले एउटा आवेग जस्तो देएिको छ । परिपक्वताभन्दा पनि नयाँपन खोजिएको जस्तो देखिएको छ । हाम्रो मौलिक अवस्थाको संवेदनशिलतासँग आवेग कत्तिको जोडिएको छ । नयाँ बनाउनुपर्ने छ त्यो हामीले चाहेको कुरा हो तर नयाँ बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने खतरा एवम जोखिम बढ्ने त होइन भन्ने आशंका पनि बढिरहेको अवस्थामा निर्वाचनमा गइरहेको छौं ।’

त्यस्तै उनले व्यक्तिगत विषयलाई बढी आधार बनाएर निर्वाचनको अभ्यासहरु भइरहेको धारणा राखे । राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ ? नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ ? भन्ने विषयको आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘ व्यक्तित्व कस्तो छ, त्यसले कति मान्छे चिनेको छ रु निर्वाचन क्षेत्रमा उ कति परिचित छ भन्ने व्यक्तिगत विषयलाई बढि आधार बनाएको अथवा त्यसले बढि प्रभाव पार्ने निर्णायक बनेको देखिन्छ । यस्ता निर्वाचनमा विचार कस्तो ल्याइएको छ । कुन विषयलाई कसरी परिभाषित गरेको छ, कसले राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ, नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ भन्ने आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्छ ।’


Facebook Comments