Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ (फोटोफिचर)

User Image मेयरसाप डेस्क | २०८२ फागुन १ गते १७:२९
Image of https://mayorsap.com/storage/photos/shares/photo-28-751d8ffa.jpg

काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ। पशुपति क्षेत्र सजिसजाउ गरेर चिरिच्याट्ट बनाइँदैछ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका तयारी गरिएको हो । शिवरात्रीका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन्।

शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन्। यसरी आउने साधुसन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ।

शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन्। शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ।


Facebook Comments