Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ फागुन २ गते १०:३७
Image of https://mayorsap.com/storage/photos/shares/death-2_2.jfif

सुर्खेत । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । 

बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पु¥याइए पनि ज्यान बचाउन नसकिएको बताए। 


Facebook Comments