Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आज सुुनको मूूल्य बढ्यो, चाँदीको घट्यो

User Image मेयरसाप डेस्क | २०८२ फागुन २ गते ११:३९
Image of https://mayorsap.com/storage/photos/shares/gold-and-silver_1.jpg

काठमाडौं । फागुन महिनाको दोस्रो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।


Facebook Comments