Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुन क्षेत्रमा कति पुग्यो?

आज राति १२ बजेदेखि लागू; पेट्रोलमा १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो

User Image मेयरसाप डेस्क | २०८२ फागुन २ गते २०:४०
Image of https://mayorsap.com/storage/photos/shares/petrol-disel-pump-petrolium.jpg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाइएको हो।

नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजार मूल्य र आयात लागतका आधारमा समायोजन गरिएको स्पष्ट पारेको छ।


Facebook Comments