Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

घरजग्गा कारोबारबाट एक महिनामा ५ अर्ब राजस्व संकलन

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते ०८:१७
Image of https://mayorsap.com/storage/photos/shares/land-in-nepal-jagga-1.jpg

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। गत पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन।

विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ।

विभागका अनुसार गत माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्ट्रेसन दस्तुर रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो। त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ। 


Facebook Comments