चुनावको नौलो अभियान : गुलाब बोकेर देउडा गीतमा नाचगान
मेयरसाप डेस्क
|
२०८२ फागुन ३ गते १९:३३
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाडौं बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार बनेका शाहीकाे प्रचार समूहले नयाँ बानेश्वरमा गुलाबको फूल चुनाव चिन्ह बोकेर देउडा नाचसहित घरदैलो कार्यक्रम गरेका छन् ।
देउडा सांस्कृतिक कार्यक्रम भन्दै चुनावी अभियानका रुपमा संचालन गरिएको कार्यक्रममा सहभागीहरुले गुलाब हातमा बोकेर देउडा गीतमा नाचगान गरेका थिए ।

Facebook Comments