Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हेटौंडामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

User Image दिक्षान्स खड्का | २०८२ फागुन ४ गते ०९:३४
Image of https://mayorsap.com/storage/photos/shares/dispose-army.jpg
फाइल तस्बिर

काठमाडौं । नेपाली सेनाले  हेटौँडा उपमहानगरपालिका वडा न १६ स्थित चिसापानी चोकमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरेको छ । आज बिहान बाहिरपट्टि खतरा लेखिएको सेतो कपडाले बेरिएको शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सेनाको टोलीले बिहान ८ः१० बजे शंकास्पद वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेकपा बहुमतले फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै आज नेपाल बन्दको घोषणा गरेको छ ।   
 


Facebook Comments