Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गगनको शक्ति संकट–देउवाको खल्तीमा १० सिट ! गढमै बालेनको राजनीति विस्फोट, भीम रावल कति भारी ? (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ फागुन ४ गते १४:१०
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-02-17-at-13312-pm.jpeg

ओरालो लागेको मृगलाई बाछाले पनि लखेट्छ भन्छन् । सिंगो ब्रम्हाण्ड नै आफ्नो भए जसरी यो देशको शासन सत्ता मूठीमा लिएका शेरबहादुर देउवा दम्पत्तिसहित केही थान कांग्रेसी अनुहार जो, अहिले निचोरेको निबुवा जस्तो भएका छन् दर्शकवृन्द । पैसा र पावरले, आयु र बायु नै किनौला झै गर्ने, देउवा पत्नि आरजु राणा र उनका अनुयायीहरुको राजनीतिक भविष्य करिव देउवाको बहिर्गमनसंगै स्वाहा भएको छ । 

इमेज क्रेज र तेज स्खलित भएका देउवा लडेको ढिकि जस्तो पिढिमा पुुगेका छन् । जेनजी पुस्ताको घृणाको कोपभाजनमा परेका उनि आफ्नै घरको काडेतारभित्र खुम्चिएर बस्न वाध्य छन् । सत्ता विमुुख हुुँदा टाउको काटिएको भाले जस्तो छटपटिने देउवा दम्पत्ति अहिले ‘पावरलेस’ अवस्थामा छन् । उनिहरुको शक्ति क्षयीकरण भएर,हविगत यो तहमा पुग्योकी, कोठादेखि चोटासम्म र, किचनदेखि क्याविनेटसम्म भएकाले पनि विस्तारै साथ छोड्दैछन् । सायद यसैलाई भन्छ, ‘छनगेडी सबै मेरी,छैनन् गेडी सबै टेडी’ । अर्थात शक्ति र सम्पत्ति हुञ्जेल सबैजना नजिक, हुन्छन् नभए टाढिन्छन् । 

गगन–विश्वको पार्टी विद्रोहले कान्लाबाटै कटेर भिरको डिलबाट लडेका देउवा अहिले बाल्कोनीको चोटा बाट च्याइरहेका छन् । सभापति भएका गगन थापाको लागि देउवाको पदच्यूत पार्टि नेतृत्व हाक्ने मौका भए पनि चुनावी चक्रमा भने हारको प्रहार, हुन सक्छ । सायद यही बुझेरै गगनले देउवालाई चुनावी सभामा निकाल्न दुत्त पठाएर पटक–पटक झम्टा गरिरहेका छन् । तर देउवा आँटकोपाट चलेका छैनन् । सुदुरका केही ठाउँ यस्ता छन् जहाँ देउवा अघि लागेर हिड्दा पनि कांग्रेसले जित्ने संभावना बलियो छ । यद्यपी गगनले देउवाका कुल देउवा मनाएर शेरबहादुरलाई सुदुरको यात्रामा निकाल्न नसके करिब १० सिट गुमाउने खतरा रहेको कांग्रेस वृतमा चर्चा छ । 

काठमाडौंमा शक्ति कमजोर देखिएका देउवाको गोजीमा अहिले पनि सुदुरका केही थान उम्मेदवार जिताउने बल संचित रहेको अनुमान गर्न सकिन्छ । एक अर्थमा बाघ बुढो र स्याल तन्नेरी हुँदैन भन्ने उखान देउवाको सुदुर ताकतमा देखिन्छ । नयाँ पुस्ताका रवि बालेनले चुनौती पूर्ण चुनावी मार्चपास देखाइरहेका बेला देउवालाई महाराजगञ्जमै सिमित गरेर गगन अगाडि बढे ‘टार्गेट’ मिस हुने खतरा छ । उनले अहिले कांग्रेस एकढिक्का भएको सन्देश दिन पनि देउवालाई गेटबाहिर ल्याउन जरुरी रहेको कोणबाट विश्लेषण भइरहेको छ । केही दिनअघि रास्वपा वरिष्ठ नेता बालेन साह सुदुरपश्चिमका विभिन्न जिल्ला पुगेर रास्वापको पक्षमा माहोल बनाएर फर्किएका छन् । बालेनको शक्ति प्रर्दशन कांग्रेसका लागि चुनौती हो ।

२०७९ को निर्वाचनमा अधिकांश क्षेत्रमा जमानत जोगाउन नसकेको रास्वपाले बालेन हुलेरजबरजस्त माहोल बनाएको छ । बालेन प्रवेशले सुदूरका १६ क्षेत्रमा चुनावी चर्चा चुलिएको छ । सुदूरपश्चिमको संसदीय राजनीतिमा बहुदलपछि एकछत्र राज गरेका कांग्रेसका निवर्तमान सभापति देउवा यसपालिको चुनावमा मैदानबाहिर छन्। गगन थापा नेतृत्वमा आएपछि अहिले देउवा टिकटविहीन मात्रै होइन, पार्टीविहीन जस्तै छन्। जुन यो निर्वाचनमा कांग्रेसका लागि आफ्नै खुट्टामा बञ्चरो हाने जस्तो हुँदैछ । 

दलहरूको हिसाब–किताब

२०७९ सालको निर्वाचनमा सुदूरपश्चिमका १६ सिटमा कांग्रेसले ८, एमालेले २, नाउपा र तत्कालीन एकीकृत समाजवादीले ३–३ सिट जितेका थिए। विगतको मतदानको अनुपात हेर्दा यहाँ ९ लाख मत खसेको अवस्थामा सुदूरपश्चिम प्रदेशले १०–११ जना समानुपातिक सांसद पठाउने देखिन्छ।

सुदूरपश्चिमका १६ क्षेत्रमध्ये समानुपातिक मतमा कांग्रेस ८, एमाले ५ र नाउपा ३ सिटमा पहिलो देखिन्छ। बाजुरा, अछाम–१ र २, डोटी, डडेलधुरा, कञ्चनपुर २ र ३ मा कांग्रेस, एमाले र नेकपाको क्रमशः मत देखिन्छ भने बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर १, कैलाली ४ मा एमाले, कांग्रेस र नेकपाको मत छ।

यस्तै, कैलाली १ र ३ मा नाउपा, कांग्रेस र नेकपा, २ मा नाउपा, एमाले र कांग्रेसले प्रतिस्पर्धी मत पाउँदा कैलाली ५ मा कांग्रेस, एमाले र नाउपाले क्रमशः मत पाएको देखिन्छ। कांग्रेसले २ लाख ८१ हजार १० मत पाउँदा एमालेले २ लाख ५७ हजार ७ सय ७ मत पाएको थियो। १६ क्षेत्रमा कांग्रेस र एमालेले पाएको समानुपातिक मत जोड्दा २३ हजार ३०३ मत कांग्रेसले बढी भएको थियो।

तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपाको समानुपतिक मत १ लाख ६५ हजार २२५ छ भने नागरिक उन्मुक्ति पार्टीले ९९ हजार ३९२ मत पाउँदा रास्वपाले ४५ हजार १६ मत मात्र पाएको थियो।

यद्यपी २०७९ को निर्वाचनमा कैलालीका ५ मध्ये ३ सिट जितेर कांग्रेस र एमालेलाई चकमा दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने छिन्नभिन्न भएको छ। नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको राजनीतिक बाटो नै फरक भएको छ। रेशमले नाउपा नेपाल दल गठन गर्दा रञ्जिता नेकपामा प्रवेश गरेकी छन्। तत्कालीन नाउपाका केही नेता रास्वपामा प्रवेश गरेका छन्। यस्तो अवस्थामा रेशमको नाउपा नेपालले कैलाली रकञ्चनपुरको थारुबाहुल्य क्षेत्रमा कस्तो उपस्थिति जनाउँछ भन्ने कुराले पनि सुदूरका १६ सिटको चुनावी नजिता प्रभावित गर्ने छ। यता कांग्रेसको हकमा नेता कार्यकर्ताहरु देउवा कैलालीको धनगढीमा आएर चुनावी अभियानमा जोडिँदा मात्र पनि १० सिट जित्न सकिने आकंलन गर्छन् । कैलाली २, ५, कञ्चपुर २ र ३, डडेल्धुरा, बैतडी, डोटी, बाजुरा, अछाम १ र २ जित्न सकिने कांग्रेसको बुझाइ छ। 

नेकपाका नेता भीम रावल अछाम–१ बट उम्मेदवारका रुपमा उभिएका छन् । उनले पनि धक्का पक्का गर्ने खतरा कांग्रेस एमालेमा छ । एमालेले भने १० देखि १२ सिट जित्ने दाबी गरेको छ ।


Facebook Comments