Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

User Image मेयरसाप डेस्क | २०८२ फागुन ४ गते १६:०८
Image of https://mayorsap.com/storage/photos/shares/durga-prasai_1.jpg

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईँलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन स्वीकृति दिएको हो।

प्रसाईँमाथि निर्वाचनका समयमा अफवाह फैलाएको र शान्ति सुरक्षाविरुद्धको कसुर गरेको आरोप छ। काठमाडौँ प्रहरीका अनुसार, प्रशासनको अनुमतिसँगै उनीमाथि थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।

प्रसाईँलाई प्रहरीले सोमबार बेलुकी पक्राउ गरेको थियो। उनीमाथि लगाइएको आरोपबारे अहिले विस्तृत अनुसन्धान भइरहेको छ।


Facebook Comments