Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विश्वकपमा आज तीन खेल हुँदै

User Image मेयरसाप डेस्क | २०८२ फागुन ५ गते ०९:२१
Image of https://mayorsap.com/storage/photos/shares/icc.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । समूह ‘डी’ को एउटा खेल हुँदैछ भने समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।

यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ । दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ ।

दोस्रो खेलमा समूह ‘ए’ का पाकिस्तान र नामिबिया भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ । यो खेल श्रीलंकाको कोलम्बुमा हुँदैछ ।

बुधबारको अन्तिम खेलमा समूह ‘ए’कै भारत र नेदरल्यान्ड्स भिड्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको अहमेवादमा सुरु हुनेछ । भारत तीन खेलमा तीन जित निकाल्दै अघिल्लो चरण प्रवेश गरिसकेको छ भने नेदरल्यान्ड्स तीन खेलमा एक जित निकालेर तालिकाको चौथो स्थानमा छ ।


Facebook Comments