मेयरसाप डटकमका संवाददातालाई ज्यान मार्ने धम्की
जिल्ला प्रहरी र साइबर ब्युरोमा उजुरी
मेयरसाप डेस्क
|
२०८२ फागुन ५ गते १९:४३
मकवानपुर । मेयरसाप डटकमका मकवानपुर संवाददाता दिक्षान्स खड्कालाई युनाइडेट अरब इमिरेट्सबाट ज्यान मार्ने धम्की आएकाे उनले बताएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरेले अनलाइन म्यासेज र फाेनमार्फत ज्यान मार्ने धम्की दिएकाे खड्काले जानकारी दिए ।
खड्काका अनुसार घिमिरेले सामाजिक सञ्जाल इमो मार्फत निरन्तर गालीगलौज, अश्लील शब्द प्रयोग तथा ज्यान मार्ने आशयका सन्देश पठाइरहेका छन्। पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै मानसिक दबाब सिर्जना गर्ने, मुख छाड्ने र धम्क्याउने गतिविधि बढ्दै गएपछि आफ्नो व्यक्तिगत सुरक्षा र पेशागत स्वतन्त्रतामाथि गम्भीर असर परेको खड्काले बताएका छन्।
घटनाबारे खड्काले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लिखित निवेदन र साइबर क्राइम ब्युरोमा समेत उजुरी दिएको जानकारी दिए।
Facebook Comments