एमालेको चुनावी घोषणापत्र सार्वजनिक, राष्ट्रघातविरुद्ध उभिने उद्घोष
समृद्धिका २५ स्तम्भ र तत्काल गर्ने ११ काम
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १४:००
काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी मार्गचित्र (घोषणापत्र) सार्वजनिक गरेको छ । राजधानीमा आयोजित विशेष समारोहमा अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरूको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट घोषणापत्र सार्वजनिक गरिएको हो ।
एमालेले यसपटकको निर्वाचनलाई केवल सामान्य प्रक्रियाका रूपमा नभई ‘देश बनाउने र भत्काउने शक्तिहरू बीचको जनमत–संग्रह’को संज्ञा दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘यो निर्वाचन पुस्तान्तरणको होइन, राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो।’
एमालेले आफ्नो भावी योजनालाई ‘तत्काल गर्ने ११ काम’, ‘५ आधारभूत घोषणा’ र ‘समृद्धिका २५ स्तम्भ’का रूपमा प्रस्तुत गरेको छ । यसमा विगतमा आफूले गरेका लोडसेडिङ अन्त्य र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जस्ता कामलाई उपलब्धिका रूपमा समावेश गरिएको छ ।
पछिल्लो समय जेन–जी आन्दोलनका क्रममा आगजनी र क्षति पुगेका राज्यका महत्वपूर्ण पहिचानहरू—सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचनाहरूलाई निश्चित समयसीमा तोकेरै पुनर्निर्माण गर्ने संकल्प एमालेले गरेको छ । भत्किएका राज्यका संरचना उठाउने कार्यलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ ।
युवा पुस्ताका लागि विशेष योजनादेखि सञ्चार क्षेत्रको आधुनिक विकाससम्मका विषयलाई एमालेले समेटेको छ । रोजगारी सिर्जना, प्रविधिको विस्तार र युवा सहभागितालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यसँग जोडिएको छ ।
यस्तो छ घोषणापत्र:–
Facebook Comments