Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भाषण होइन, काम गरेर देखाउँछु : एमाले उम्मेदवार साउँद

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते १७:२४
Image of https://mayorsap.com/storage/photos/shares/dipak-saud.jpg

अछाम । नेकपा एमालेका तर्फबाट अछाम–१ का उम्मेदवार दिपक साउँदले आफ्नो क्षेत्रको विकासका लागि स्पष्ट मार्गचित्रसहित चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

बिहीबार साँफेबगर नगरपालिका–१३, बाव्लामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै साउँदले आफूलाई एक पटक जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे । सभामा बोल्दै साउँदले राजनीतिलाई पद प्राप्तिको माध्यम नभई जनताको जीवनस्तर सुधार्ने सेवाको रूपमा व्याख्या गरे ।

‘अछाम–१ ले लामो समयसम्म अपेक्षित विकास पाउन सकेन,’ उनले भने, ‘अब अछामले भाषण मात्र होइन, ठोस परिणाम खोजेको छ । हाम्रो पहिलो प्राथमिकता युवा रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण र सडक पूर्वाधारको विस्तार हुनेछ ।’

साउँदले स्थानीयसँग आत्मीयता जोड्दै थपे, ‘म तपाईँहरूको आफ्नै छोरा हुँ, यहीँको माटोमा हुर्किएको मान्छे हुँ। अछामको पीडा र आवश्यकता मलाई राम्रोसँग थाहा छ। एक पटक अवसर दिनुहोस्, अछाम–१ लाई नमुना क्षेत्र बनाउने जिम्मा मेरो हुनेछ।’

बाव्लामा सम्पन्न उक्त सभामा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित एमालेका स्थानीय नेता–कार्यकर्ताले सूर्य चिन्हमा मतदान गरी साउँदलाई विजयी गराउने सामूहिक प्रतिबद्धता जनाएका थिए ।


Facebook Comments