एमालेका पूर्वसांसद मानन्धर र ढकालसहित ७८ जना कांग्रेसमा प्रवेश
चुनावको मुखमा एमालेलाई धक्का
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १७:४३
काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वसांसद रामवीर मानन्धर र रसुवाका पूर्वसांसद जनार्दन ढकालसहित ७८ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कांग्रेसको १प्रतिज्ञापत्र’ सार्वजनिक कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो । सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रम लगत्तै मानन्धर र ढकाललाई विधिवत् रूपमा पार्टी प्रवेश गराइएको थियो ।
एमाले रसुवाका पूर्वअध्यक्ष ढकाल दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका नेता हुन् । यता, काठमाडौंका स्थापित नेता मानन्धर अघिल्लो निर्वाचनदेखि एमालेमा निष्क्रिय रहँदै आएका थिए ।
Facebook Comments