‘देश जलाउने नेपाली होइनन्’ भन्दै माइतीघरमा युवाहरूको प्रदर्शन
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १८:०६
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन दबाब दिँदै युवाहरूले बिहीबार माइतीघर मण्डलामा ’खबरदारी प्रदर्शन’ गरेका छन् ।
’जेन–जी’ आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिमा निर्वाचनलाई शान्तिपूर्ण बनाउन र नागरिक सचेतना जगाउन युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरूले पछिल्लो समय भएका आगजनी र भौतिक संरचनाको क्षतिप्रति चिन्ता व्यक्त गर्दै ‘देश जलाउने नेपाली हुनै सक्दैनन्’ र ’राष्ट्रिय सम्पत्ति जलाएर युवाको भविष्य बन्दैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले मुलुकलाई प्रयोगशाला नबनाउन र देशको बागडोर जिम्मेवार हातमा सुम्पनसमेत सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनका क्रममा युवाहरूले गत भदौ र असोजमा भएको आन्दोलनका घटनाहरूको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोमा आक्रोश व्यक्त गरे ।
Facebook Comments